चावहिलबाट युवतीहरुलाई दक्षिण अफ्रिका पु-याएर विक्री गर्ने एक महिला पक्राउ
काठमाडौं, २८ मंसिर । युवतीहरुलाई दक्षिण अफ्रिका पु-याएर बिक्री गरेको अ’भियोगमा एक महिलालाई प्र’हरीको मानव बे’चबिखन ब्यूरोले आज पक्राउ गरेको छ ।
प’क्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट प’क्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
यसअघि मङ्सिर १६ गते सोही घट’नामा सं’लग्न रहेको आ’रोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट प’क्राउ गरिएको थियो
उनीहरुमाथि अ’दालतबाट म्याद थप गरी अ’नुसन्धान जारी रहेको छ । उनीहरुले वि.सं. २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँच जनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पु-याएर बिक्री गरेको खुल्न आएको छ ।
पी’डितलाई शा’रीरिक, मा’नसिक र आर्थिक शो’षण गरी चार/पाँच महिनासम्म ब’न्धक बनाएको पी’डितले दिएको जाहेरीमा उल्लेख छ । कोही नभएको मौका पारी भागेर नेपाली राजदू’तावासमा पुगेपछि पी’डितको उ’द्दार भएको थियो ।उनीहरु नेपाल आई ब्यूरोमा दिएको जा’हेरीका आधारमा दुई जनालाई प’क्राउ गरेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।स्रोत न्युज२४