प्रधानमन्त्री ओलीको भारत भ्रमण जादै

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको स’मस्या स’माधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दा’वी छ ।

नेपाल–भारतको बीचमा देखिएको सीमा स’मस्याको बारेमा राज’नीतिक रुपमा समाधान गर्ने पहल शुरु भएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच वि’वाद रहेको छ । शुरुमा त्यो क्षेत्र समेटेर भारतले नक्सा बनायो भने पछि नेपालले पनि आफ्नो भूभाग भन्दै सो क्षेत्रलाई समेटेर नक्सा सा’र्वजनिक गर्यो । नयाँ नक्सा सा’र्वजनिक गरेर नेपालले सं’विधान सं’शोधन पनि गर्यो ।

सोही प्रकरणमा नेपाल र भारतबीच दुरी बढेपनि पछिल्लो पटक स’मस्या स’माधानका लागि पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीकै भारत भ्रमणको चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओली यसअघि दोस्रो पटक प्रधानमन्त्री भएसँगै २०७४ चैतमा भारत भ्रमणमा गएका थिए ।

भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको छ । ‘सीमा वि’वाद समा_धानका लागि दुवै देश ग’म्भीर भएका छन्, त्यसैका लागि भारतकोतर्फबाट उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्’, स्रोतले भन्यो, ‘सम्बन्धलाई अझै सुधार गर्न प्रधानमन्त्री अ‍ोलीले पनि भारत भ्रमण गर्न चासो देखाएका छन् ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने बताइएको छ । मन्त्री ज्ञवालीको भारत भ्रमणमा जाने तयारी भइरहेको छ । नेपाल–भारतबीच विभिन्न तहमा छलफल भइरहेको र त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीको भारत भ्रमण हुने बताइएको छ ।

सीमा वि’वादलगत्तै नेपालले पटक पटक सम’स्या समा’धानका भारतसँग आग्रह गर्यो । त्यसका लागि पह’ल पनि गर्यो । तीन पटक पत्र नै पठायो । तर भारत सरकारको तर्फबाट कुनै रेसपोन्स नै आएन ।

यहीबीचमा भारतीय ग’णतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको टेलिफोन संवाद भएपछि छलफलको प्रक्रिया सुरु भएको थियो ।त्यसको केही महिनापछि भारतीय गु’प्तचर संस्थाका प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसहित केही नेतालाई भेटेर फकिए भने भारतीय से’नाका प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *